परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् ।
मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गरेको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा काठमाडौँसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनले बताए ।
“तातोपानी नाका काठमाडौँसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो । त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ,” परराष्ट्रमन्त्री खनालले भने ।
शिष्टाचार भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएका थिए ।
भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो ।
Comments
अरु समाचार
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको...
-
सरकारलाई कार्यशैली सच्याउन मानव अधिकार रक्षकहरूको आग्रह, १० बुँदे सुधार प्रस्ताव सार्वजनिक
काठमाडौं। जवाफदेही निगरानी समितिमा आबद्ध मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले जेनजी...
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...













