किम जोङ उन बेइजिङमा
एजेन्सी २४ पुस । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्।
समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ।
यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा किमको चीन भ्रमणमा आउने बताएको थियो।
दक्षिण कोरियाका योन्ह्याप समाचार संस्थाले किम चढेको रेल सोमबार राति सवा १० बजे उत्तर कोरियाको सीमा कटेर चीन पुगेको जनाएको छ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा राष्ट्रपति सीसँग वार्ता गर्न किम बेइजिङ पुगेको बताइएको छ।
यसअघि नयाँ वर्षको २०१९ को शुभकामना सन्देशमा नेता किमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध नहटाए आफूले अर्को बाटो लिने चेतावनी दिएका थिए।
किम बिहीबारसम्म चीनमा रहेनछन्। उनको भ्रमण दलमा पत्नी री सोल जुसकित अन्य उच्च अधिकारीहरू सभागी छन्।
यसअघि सन् २०१८ मार्चमा पनि किम रेल चढेर बेइजिङ आएका थिए। त्यो उनको पहिलो विदेश भ्रमण थियो।
गत वर्ष नै किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग पटकपटक वार्ता गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गरेका थिए।
राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उत्तर कोरिया आणविक कार्यक्रम परित्याग गर्न सहमत भएको थियो। नयाँ वर्षको सन्देशमा नेता किमले अनआणविकीकरणलाई सफल बनाउन आफ्नो देशमाथि लागेको प्रतिबन्ध हटाउनु पर्ने सन्देश दिएका थिए।
किमले यही वर्ष दक्षिण कोरियाको पनि भ्रमण गर्ने बताइएको छ। तर मिति भने टुंगो लागेको छैन।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












