डा. केसीको स्वास्थ्यमा जटिल समस्या
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको चिकित्शकहरुले बताएका छन् । डा केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
शनिबारदेखि छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकोले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सहयोगीलाई सुझाइएको छ । संसदीय समितिले डा.केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह शुरु गरेका हुन् ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग डा. केसीले गरेका छन् ।
यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना सुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग उनको छ ।
Comments
अरु समाचार
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...
-
ट्रकले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते
विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको ज्यान गउको छ । ति महिलाको श्रीमान घाइते भएका...
-
आयुर्वेद चिकित्सकहरुले किन धन्वन्तरी जयन्तीलाई विशेष दिनका रुपमा लिन्छन् ?
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी...
-
स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार...
-
मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ...











