भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा यो काम जारी रहेको हो ।
हालसम्म ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम भएको प्रतिष्ठानका प्रवक्ता डा रामचन्द्र पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयोगशालामा हालसम्म एक हजार ४२६ वटा हाडका नमूना संकलन भएकोमा ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम सकिएको हो ।
१५ जना चिनियाँ विज्ञ र १० जना नेपाली वैज्ञानिकसहितको टोली निरन्तर खटेको प्रवक्ता डा पौडेलले बताए । चीनले सहयोगस्वरुप उपलब्ध गराएको ¥यापिड डिएनए सिक्वेन्सिङ्ग मेसिनले दुई घण्टामा दुईवटा नमुनाको डिएनए प्रोफाइलिङ्ग गर्नेगरेको छ । यसअघि नास्टसँग २५ क्यापिलरीको सिक्वेन्सर मात्र थियो।
नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डिएनए परीक्षण गर्ने जिम्मा दिइएको थियो। प्रवक्ता पौडेलका अनुसार हड्डीमा डिएनएको मात्रा कम हुने भएकाले समय लाग्छ । तसर्थ चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्टको मोलिक्युलर बायोटेक्निकल प्रयोगशालामा डिएनए परीक्षणको काम द्रूत गतिमा भइरहेको छ।
डिएनए प्रोफाइलिङ्ग गर्दा सर्वप्रथम दाँत, हड्डीबाट डिएनए निकालिन्छ । त्यसछि पिसीआर गरिन्छ । सिक्वेन्सरमा राखेर डिएनएको गुण परीक्षण गरिन्छ। विपदका बेला अनुसन्धानको महत्व बढी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने प्रवक्ता पौडेलको धारणा छ।
Comments
अरु समाचार
-
पूर्व प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति ‘सर्वोच्च अदालत पूर्ण बैठक’ को गम्भीर ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेपाल प्रहरीका अधिकृतहरूले मध्यरातमा घरबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगी...
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...
-
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणः एमाले र राप्रपा सांसदको कडा आपत्ति
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...
-
अविरल वर्षाका कारण मुलकभरका कुन-कुन सडक अबरुद्ध ?
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्...
-
अपराध अनुसन्धान कार्यालयद्वारा ठूला माछा पक्राउ
काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरी कर्मचारीले...
-
पहिरोमा परी पाल्पामा दुई जनाको ज्यान गयो, तीन बेपत्ता
रूपन्देही । अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।...
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...












