भाजपाविरूद्ध उत्तर प्रदेशमा मायावती-अखिलेश गठबन्धन
एजेन्सी। भारतमा आगामी मेमा हुने लोकसभा चुनावका लागि राजनीतिक ध्रुवीकरण हुन थालेको छ।
शनिबार उत्तर प्रदेशका दुई क्षेत्रीय दलले केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीविरूद्ध गठबन्धनको घोषणा गरेका छन्।
पूर्वमुख्यमन्त्रीहरू मायावती र अखिलेश यादवका पार्टीबीच उत्तर प्रदेशका ८० मध्ये आधा-आधा सिटमा मिलेर उम्मेद्वारी दिने सहमति भएको हो। दुई सिट उनीहरूले अन्य दललाई छोडिदिएका छन्। तर ती दल कुन हुन् भन्ने खुलाइएको छैन। कतिपयले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी र पूर्वधअध्यक्ष सोनिया गान्धीका लागि दुई सिट छोडिएको हुन सक्ने बताएका छन्।
लखनऊमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले समाजवादी पार्टीसँगको गठबन्धनले भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निद्रा नपर्ने बताइन्।
‘यो महत्वपूर्ण र ऐतिहासिक पत्रकार सम्मेलनले भाजपाका गुरू चेलाको निद हराम हुनेछ,’ मायावतीले भनिन्।
सन् १९९५मा यी दुई दलको उत्तर प्रदेशमा गठबन्धन सरकार थियो। समाजवादी पार्टीका कार्यकर्ताले मायावतीलाई गरेको व्यवहारलाई कारण बनाएर त्यसपछि उनीहरूबीच सम्बन्ध चिसिएको थियो।
‘देशका लागि हामीले लखनऊ गेस्ट हाउसमा भएको उक्त घटनाबाट माथि उठेर फेरि एक हुने निर्णय गरेका छौं,’ मायावतीले पत्रकार सम्मेलनमा भनिन्।
अखिलेशले उनलाई सहानुभुति दर्साउँदै भने- मेरा सबै कार्यकर्तालाई भन्न चाहन्छु, मायावतीजीको कुनै पनि बेइज्जतलाई मैले मेरो व्यक्तिगत बेइज्जतका रूपमा लिनेछु।
गत वर्ष उत्तर प्रदेशका तीन क्षेत्रमा भएको उपनिर्वाचनमा पनि यी दुई दलले गठबन्धन बनाएका थिए।
मायावती र अखिलेशले आफ्नो गठबन्धनमा प्रमुख प्रतिपक्षी कंग्रेसलाई सहभागी नगराउने बताएका छन्।
कंग्रेसबाट आफूलाई कुनै मत नथपिने भएकाले उसलाई गठबन्धनमा समावेश नगरेको उनीहरूको तर्क छ।
कंग्रेस अध्यक्ष गान्धीले मायावती-अखिलेशको गठबन्धन बनेपछि प्रतिक्रिया दिँदै कंग्रेस पूर्ण ताकतका साथ उत्तर प्रदेशको चुनावमा होमिने बताए।
उनले दुबै जनाप्रति आफ्नो सम्मान रहेको भन्दै उनीहरूले जे चाहन्छन् त्यो पूरा गर्ने उनीहरूको अधिकार भएको बताए।
भारतको लोक सभाका ५४५ सिटमध्ये उत्तर प्रदेशमा ८० सिट छन्। सन् २०१४ को चुनावमा भाजपाले ७१ सिटमा जित हात पारेको थियो। समाजवादी पार्टीले ५ सिट पाएको थियो भने कंग्रेसले २ सिट जितेको थियो।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












