जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन
गलकोट, माघ १ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताउनुभएको छ ।
बागलुङ जैमिनी नगरपालिका–१ कुस्मिशेरामा आज सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवलाई सम्बोधन गर्दै उहाँले विकास र समृिद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएकले जनताको प्रत्यक्ष सहभागितामा मात्र त्यो सम्भव हुने बताउनुभयो ।
उपराष्ट्रपति पुनले कालीगण्डकी करिडोर र लोकमार्गले बागलुङको विकासमा ठूलो टेवा पु¥याउने उल्लेख गर्दै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “बागलुङको पर्यटन विकासमा सबैको सक्रिय योगदान आवश्यक छ ।”
उपराष्ट्रपति पुनले जिल्लामा रहेका पर्यटकीयस्थलको विकास र विस्तारमा यस्ताखाले मेला, महोत्सवले प्रवद्र्धन गर्ने धारणा व्यक्त गर्नुभयो ।
माघे सङ्क्रान्तिका अवसरमा जिल्लाको कलासंकृति संरक्षण, खेलकूद विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस २७ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ ।
‘कलासंकृति तथा खेलकूदको संवद्र्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय स्टल रहेको क्लबका अध्यक्ष सुरेश सुनारले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...













