राखिने लडाकूहरुविरुद्धको जवाफी कारबाहीमा म्यानमारमा १३ को मृत्यु
म्यानमार । म्यानमारको सेनाले १३ जना राखिने लडाकूहरु मारिएको शुक्रबार जनाएको छ ।
विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।
राखिने राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिने बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेना बीच भिडन्त भएका हुन् ।
यनीहरुको द्वन्द्वका कारण मुस्लीम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन् । उनीहरु त्यहाँ शरणार्थीका रुपमा बसेका छन् ।
उनीहरु विरुद्ध सन् २०१७ को अगस्ट देखि सेनाले कडा सुरक्षा कारबाही थालेपछि उनीहरु विस्थापित भएका हुन् ।
जनवरी ४ म्यानमारको स्वतन्त्रता दिवस थियो, त्यही बेला उनीहरुले गरेको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएका थिए भने अरु नौ जना घाइते भएका थिए ।
यसैको जवाफी कारबाही सेनाको तर्फबाट गर्दा उत्तिकै संख्यामा विद्रोही पक्षका लडाकूहरु मारिएका छन् ।
जनवरी ५ देखि १६ सम्म भएको सुरक्षा कारबाहीमा परी मारिएका १३ जनाको शव नियन्त्रणमा लिइएको सैन्य अधिकारीहरुले दावी गरेका छन् ।
“जवाफी कारबाहीका क्रममा हामीले केही हातहतियारहरु पनि बरामद गरेका छौँ,” मेजर जनरल टुन टुन न्यीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
यस्तै हिंसात्मक घटना बढ्दै गएपछि त्यस क्षेत्रका हजारौ स्थानीय बासिन्दा विस्थापित भएको समाचारमा जनाइएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












