सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको चेतावनी
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको उनको आरोप छ । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा देउवाले भने, ‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ । उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।’
कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए । भने, ‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’
पूर्वप्रधानमन्त्री देउवाले ओली सरकारलाई कांग्रेस नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘आज कांग्रेसका महान नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको छ । अनि आज नाम हटाउँछन् र भोलि प्रजातन्त्र समेत हटाउन चाहन्छन् ।’
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको वृत्ति विकासमा असर पारे चुप लागेर नबस्ने चेतावनी दिए । वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको उनको आरोप छ ।
उनले सरकार पूर्णतः असफल भएको दाबी समेत गरे । ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’
वाइडबडी, बुढी गण्डकीलगायतमा चरम भ्रष्टाचार भएको भन्दै उनले सरकारको आलोचना गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












