बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या
दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ ।
विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो ।
नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन ।
ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन ।
फोहरै फोहरले भरिएको शौचालय र शौचालय जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताए । उनले भने, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।”
बसपार्क वरिपरिको ढलनिकास कार्यसमेत व्यवस्थित छैन र ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्कीङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेज डुम्रेलले बताए ।
बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ । बसर्पाक अव्यवस्थित हुँदा बर्सात्को मौसममा समान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ ।
गाडीचालक चक्र भण्डारीले भने, “बसपार्क सञ्चालकहरुले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” बसपार्क सञ्चालकहरुले सडकमा गुड्ने गाडीहरुबाट पनि शुल्क असुल्ने गरेको दाबी गर्दै भण्डारीले भने, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वाभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क असुल्नु गैरकानूनी हो ।”
दीपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भए तापनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












