बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या
दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ ।
विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो ।
नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन ।
ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन ।
फोहरै फोहरले भरिएको शौचालय र शौचालय जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताए । उनले भने, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।”
बसपार्क वरिपरिको ढलनिकास कार्यसमेत व्यवस्थित छैन र ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्कीङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेज डुम्रेलले बताए ।
बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ । बसर्पाक अव्यवस्थित हुँदा बर्सात्को मौसममा समान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ ।
गाडीचालक चक्र भण्डारीले भने, “बसपार्क सञ्चालकहरुले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” बसपार्क सञ्चालकहरुले सडकमा गुड्ने गाडीहरुबाट पनि शुल्क असुल्ने गरेको दाबी गर्दै भण्डारीले भने, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वाभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क असुल्नु गैरकानूनी हो ।”
दीपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भए तापनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












