कर्मचारी समायोजनः धेरेको रोजाइ प्रदेश नं ३ र काठमाडौँका स्थानीय तह
समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् ।
कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् ।
प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश नं ३ मा १३ हजार ६८४ ले रोजेका छन् ।
प्रदेशको कूल दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा बढी प्रदेश नं ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।
मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् ।
समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ । कर्मचारीको दोस्रो रोजाइमा प्रदेश नं ५ परेको छ । प्रदेश नं ५ मा १० हजार ४४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् । यस्तै क्रमशः तेस्रोमा प्रदेश नं १ मा नौ हजार २९०, चौथोमा प्रदेश नं ४ मा सात हजार ९८४, पाँचौँमा प्रदेश नं २ मा छ हजार ९२७ र छैठौँमा पाँच हजार २०६ रहेका छन् ।
उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताउनुभयो । प्रदेशमा २२ हजार ७५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६२३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए ।
कर्मचारीले समायोजनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाइमा परेका छन् । कर्मचारीको रोजाइमा ७५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौँ महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ ।
काठमाडौं महानगरमा समायोजन हुनका लागि सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताइन् । स्थानीय तहमा तीन लाख ५४ हजार २२५ ले समायोजनका लागि फाराम भरेका छन् । एक कर्मचारीले ७५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












