एभरेष्टको रजतजयन्ती सुरु
विराटनगर ।
विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती शुरु भएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन बिहीबार प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै निजी विद्यालयले राज्यका लागि ठुलो सहयोग गरेको बताए । उनले शिक्षामा निजी क्षेत्रको लगानी ठूलो भएको उल्लेख गर्दै यसलाई तत्काल हटाउन नसक्ने बताए ।
निजी क्षेत्रलाई निरुत्साहित पार्नु भन्दा सरकारी तथा सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा ध्यान दिन आवश्यक रहेकोमा पोखरेलले जोड दिए । एभरेष्टले एकपछि अर्को गर्दै राज्यबाट उत्कृष्टताको पुरस्कार पाउनु सुखद रहेको भन्दै यसको गरिमा राख्दै सदैव उत्कृष्ट र व्यवहारिक शिक्षामा जोड दिन पोखरलेले सुझाव दिए ।
विद्यालयका प्रधानाध्यापक टीकाराम पुरीले २५ वर्ष अघि ८० जना विद्यार्थीबाट शुरु भएको विद्यालयले प्राप्त गरेको सफलताको श्रेय अभिभावकलाई दिए । प्रधानाध्यापक पुरीले शुरुका दिनमा जति संघर्ष गरेपनि एकपछि अर्को सफलताप्राप्त गर्दै जाँदा थप जिम्मेवार बन्न प्रेरित गरेको बताए ।
‘हामीले विद्यालयबाट कमाएको पैसाले अन्य क्षेत्रमा नभई विद्यार्थी र विद्यालयकै क्षेत्रमा लगानी गर्दै आएका छौं,‘ उनले भने, ‘हामी चाहन्छौं, एउटा इटा भएपनि विद्यालयकै लागि होस् ।’ यसकै कारण पनि अहिले महाविद्यालयको रुपमा एभरेष्टलाई विकास गर्ने योजनाका साथ आफूहरु लागिपरेको बताए ।
शुक्रबार प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












