एभरेष्टको रजतजयन्ती सुरु
विराटनगर ।
विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती शुरु भएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन बिहीबार प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै निजी विद्यालयले राज्यका लागि ठुलो सहयोग गरेको बताए । उनले शिक्षामा निजी क्षेत्रको लगानी ठूलो भएको उल्लेख गर्दै यसलाई तत्काल हटाउन नसक्ने बताए ।
निजी क्षेत्रलाई निरुत्साहित पार्नु भन्दा सरकारी तथा सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा ध्यान दिन आवश्यक रहेकोमा पोखरेलले जोड दिए । एभरेष्टले एकपछि अर्को गर्दै राज्यबाट उत्कृष्टताको पुरस्कार पाउनु सुखद रहेको भन्दै यसको गरिमा राख्दै सदैव उत्कृष्ट र व्यवहारिक शिक्षामा जोड दिन पोखरलेले सुझाव दिए ।
विद्यालयका प्रधानाध्यापक टीकाराम पुरीले २५ वर्ष अघि ८० जना विद्यार्थीबाट शुरु भएको विद्यालयले प्राप्त गरेको सफलताको श्रेय अभिभावकलाई दिए । प्रधानाध्यापक पुरीले शुरुका दिनमा जति संघर्ष गरेपनि एकपछि अर्को सफलताप्राप्त गर्दै जाँदा थप जिम्मेवार बन्न प्रेरित गरेको बताए ।
‘हामीले विद्यालयबाट कमाएको पैसाले अन्य क्षेत्रमा नभई विद्यार्थी र विद्यालयकै क्षेत्रमा लगानी गर्दै आएका छौं,‘ उनले भने, ‘हामी चाहन्छौं, एउटा इटा भएपनि विद्यालयकै लागि होस् ।’ यसकै कारण पनि अहिले महाविद्यालयको रुपमा एभरेष्टलाई विकास गर्ने योजनाका साथ आफूहरु लागिपरेको बताए ।
शुक्रबार प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












