आइएसटी कलेज र साल्जबर्ग युनिभर्सिटीको १२ औं दीक्षान्त सम्पन्न
पछिल्ला दिनमा नेपालमा वैदेशिक लगानी शिक्षा मार्फत् पनि भित्रिरहेको छ । ती विश्वविद्यालयहरुले उत्साजनक रुपमा नेपालमा आफ्नो दीक्षान्त समारोह सम्पन्न गर्नुले यसलाई पुष्टि गर्दछ ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सरकारले विदेशी लगानी आकर्षित गर्नु पर्ने बताइरहेकै बेला साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रियाले नेपालमा १२औं दीक्षान्त सम्पन्न गरेको हो ।
होटेल मेनेजमेन्टका लागि ख्याति कमाएको नेपालस्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ९आइसिटी कलेज० र उक्त विश्वविद्यालयको संयुक्त आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा यही माघ १० गते दीक्षान्त समारोह सम्पन्न भएको आयोजकले जनाएको छ ।
उक्त दीक्षान्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी प्रमुख अतिथि रहेका थिए ।
विशेष अतिथिका रुपमा विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा। डा। देवराज अधिकारी तथा अन्य अतिथिहरुमा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा। डा। डिल्ली राज शर्मा, काठमाडौं विश्वविद्यालयका डिन डा विजय के।सी।, साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकर, साल्जबर्ग विश्वबिद्यालयकै अन्तर्राष्ट्रिय विभागकी संयोजक राजलिन एडर लगायत सरकारी र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु समेत उक्त समारोहमा उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त रुपले आयोजना गरेको उक्त दीक्षान्त समारोहको स्वागत गर्ने काम इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्टका कार्यकारी प्रमुख नरेन्द्र बज्राचायलाई थियो भने, त्रिवि व्यवस्थापन संकायका डिन प्रा। डा। शर्मा र काठमाडौ विश्वविद्यालयका डिन डा केसीले दीक्षित विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
वार्षिक स्मारिका र टुरिजम जर्नल गेजको दशौं अंकको विमोचन समेत भएको सो समारोहमा साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर ब्रुकरले दीक्षित विद्यार्थीहरुलाई सपथ गराएकी थिइन् ।
दीक्षान्तमा २३३ विद्यार्थीहरु सहभागी थिए ।
सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल र प्रिन्सिपल सम्झना बस्नेतले पुरस्कार वितरण गरेका थिए भने सहभागीहरुले आ–आफ्नो ग्रेजुएसन अनर ग्रहण गरेका थिए ।
आयोजकका अनुसार कलेजकी प्रिन्सिपल सम्झना बस्नेतद्वारा समापन मन्तव्य राखिएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












