आइएसटी कलेज र साल्जबर्ग युनिभर्सिटीको १२ औं दीक्षान्त सम्पन्न
पछिल्ला दिनमा नेपालमा वैदेशिक लगानी शिक्षा मार्फत् पनि भित्रिरहेको छ । ती विश्वविद्यालयहरुले उत्साजनक रुपमा नेपालमा आफ्नो दीक्षान्त समारोह सम्पन्न गर्नुले यसलाई पुष्टि गर्दछ ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सरकारले विदेशी लगानी आकर्षित गर्नु पर्ने बताइरहेकै बेला साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रियाले नेपालमा १२औं दीक्षान्त सम्पन्न गरेको हो ।
होटेल मेनेजमेन्टका लागि ख्याति कमाएको नेपालस्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ९आइसिटी कलेज० र उक्त विश्वविद्यालयको संयुक्त आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा यही माघ १० गते दीक्षान्त समारोह सम्पन्न भएको आयोजकले जनाएको छ ।
उक्त दीक्षान्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी प्रमुख अतिथि रहेका थिए ।
विशेष अतिथिका रुपमा विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा। डा। देवराज अधिकारी तथा अन्य अतिथिहरुमा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा। डा। डिल्ली राज शर्मा, काठमाडौं विश्वविद्यालयका डिन डा विजय के।सी।, साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकर, साल्जबर्ग विश्वबिद्यालयकै अन्तर्राष्ट्रिय विभागकी संयोजक राजलिन एडर लगायत सरकारी र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु समेत उक्त समारोहमा उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त रुपले आयोजना गरेको उक्त दीक्षान्त समारोहको स्वागत गर्ने काम इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्टका कार्यकारी प्रमुख नरेन्द्र बज्राचायलाई थियो भने, त्रिवि व्यवस्थापन संकायका डिन प्रा। डा। शर्मा र काठमाडौ विश्वविद्यालयका डिन डा केसीले दीक्षित विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
वार्षिक स्मारिका र टुरिजम जर्नल गेजको दशौं अंकको विमोचन समेत भएको सो समारोहमा साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर ब्रुकरले दीक्षित विद्यार्थीहरुलाई सपथ गराएकी थिइन् ।
दीक्षान्तमा २३३ विद्यार्थीहरु सहभागी थिए ।
सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल र प्रिन्सिपल सम्झना बस्नेतले पुरस्कार वितरण गरेका थिए भने सहभागीहरुले आ–आफ्नो ग्रेजुएसन अनर ग्रहण गरेका थिए ।
आयोजकका अनुसार कलेजकी प्रिन्सिपल सम्झना बस्नेतद्वारा समापन मन्तव्य राखिएको थियो ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












