कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर
सुर्खेत । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि मन्त्रालयका सचिव तोयनारायण सुवेदी र कर्णाली प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब कर्णाली प्रदेशमा १४ वटा प्रहरी एकाइ निर्माण हुने सचिव सुवेदीले जानकारी दिए ।
“कर्णाली प्रदेशका १० जिल्लामा १४ प्रहरी एकाइ बन्नेछन्”, सचिव सुवेदीले भने, “यसका लागि चालु आवमा रु १५ करोड बजेट निकासा दिने तयारी भएको छ ।” संरचना निर्माणका लागि ढिलो नगरी काम अघि बढाउन प्रदेश प्रहरी कार्यालयलाई निर्देशनात्मक सुझाव दिइएको उनको भनाइ छ ।
प्रहरी प्रदेश कार्यालयका प्रहरी निरीक्षक एवं इञ्जिनीयर विजयकुमार महासेठले यो वर्षका लागि आन्तरिक मामिला मन्त्रालयले दिएको रु १५ करोडको बजेटको बोलपत्र यही फागुन पहिलो साताभित्र गरिसक्ने बताए । प्रदेशभरिका सबै प्रहरी युनिटको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेकोले बोलपत्र प्रक्रियालाई तीव्रता दिएर संरचना निर्माणमा लाग्ने उनको भनाइ थियो । उनका अनुसार प्रदेशभरि निर्माण हुने सबै प्रहरी युनिटका लागि अनुमानित रु ६२ करोड बजेट सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशभरि बन्ने प्रदेश संरचनाले शान्ति सुरक्षाको बलियो आधार निर्माण हुने विश्वास व्यक्त गरे । “प्रदेश सरकारले ‘समृद्धिका लागि शान्ति सुरक्षा’ अभियान थालेको छ”, कानूनमन्त्री भण्डारीले भने, “प्रहरीको पूर्वाधार निर्माणले यो अभियानलाई सार्थक उचाइमा पु¥याउने छ ।”
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












