कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर
सुर्खेत । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि मन्त्रालयका सचिव तोयनारायण सुवेदी र कर्णाली प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब कर्णाली प्रदेशमा १४ वटा प्रहरी एकाइ निर्माण हुने सचिव सुवेदीले जानकारी दिए ।
“कर्णाली प्रदेशका १० जिल्लामा १४ प्रहरी एकाइ बन्नेछन्”, सचिव सुवेदीले भने, “यसका लागि चालु आवमा रु १५ करोड बजेट निकासा दिने तयारी भएको छ ।” संरचना निर्माणका लागि ढिलो नगरी काम अघि बढाउन प्रदेश प्रहरी कार्यालयलाई निर्देशनात्मक सुझाव दिइएको उनको भनाइ छ ।
प्रहरी प्रदेश कार्यालयका प्रहरी निरीक्षक एवं इञ्जिनीयर विजयकुमार महासेठले यो वर्षका लागि आन्तरिक मामिला मन्त्रालयले दिएको रु १५ करोडको बजेटको बोलपत्र यही फागुन पहिलो साताभित्र गरिसक्ने बताए । प्रदेशभरिका सबै प्रहरी युनिटको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेकोले बोलपत्र प्रक्रियालाई तीव्रता दिएर संरचना निर्माणमा लाग्ने उनको भनाइ थियो । उनका अनुसार प्रदेशभरि निर्माण हुने सबै प्रहरी युनिटका लागि अनुमानित रु ६२ करोड बजेट सरकारले व्यवस्था गर्नुपर्ने हुन्छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशभरि बन्ने प्रदेश संरचनाले शान्ति सुरक्षाको बलियो आधार निर्माण हुने विश्वास व्यक्त गरे । “प्रदेश सरकारले ‘समृद्धिका लागि शान्ति सुरक्षा’ अभियान थालेको छ”, कानूनमन्त्री भण्डारीले भने, “प्रहरीको पूर्वाधार निर्माणले यो अभियानलाई सार्थक उचाइमा पु¥याउने छ ।”
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












