कालीगण्डकी करिडोरको दुई खण्डलाई २० करोड
गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ ।
त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिण भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रुपमा विकास गर्ने उद्देश्य राखिएको कालीगण्डकी करिडोरमा बजेट अभावका कारण पछिल्लो समय काम हुन सकेको थिएन ।
बजेट नभएका कारण बागलुङ खण्डमा करिडोरको काम अगाडि बढ्न नसकेको भन्दै निरन्तर पहलभएपछि सरकारले रु २० करोड बजेट विनियोजन गरिएको सांसद डा सूर्य पाठकले बताए।
रु २० करोडमध्ये रु १० करोडको काम बागलुङ खण्डमा र रु १० करोडको काम गुल्मी खण्डमा हुनेछ । राष्ट्रिय गौरवका आयोजनालाई छिटो पूरा गर्ने सरकारको प्राथमिकता भएका कारण बजेट पार्न सफल भएको सांसद पाठकले बताए ।
आगामी चैतदेखि वैशाखसम्म काम सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।
यो वर्ष सरकारले बजेट नदिएपछि बर्खाको पहिरोसमेत सेनाले आन्तरिक स्रोतबाट खर्च गरेर यातायात सञ्चालन गर्नसक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी करिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो ।
बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।
बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङ खण्ड कालोपत्रका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्नेछ ।
चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ ।
यो सडक आयोजनाले त्रिदेशीय व्यापार तथा पारवहनमा महत्व राख्ने हुँदा यसलाई थप व्यवस्थित बनाइ ट्रान्जिट रुटका रुपमा विकास गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
बागलुङ खण्डअन्तर्गतको मालढुङ्गामा शनिबार १० मिटर चौडा पार्ने कार्यको शुभारम्भ अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












