अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गरे।
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गरेका थिए । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब ६ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कङ्ग्रेसले अस्वीकृत गरेको छ ।
सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताए ।
उनले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सार्नु भएन । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदहरुले बेवास्ता गरेका थिए ।
राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गरे । उनले भने, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा सङ्घीय कार्यालयहरु बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सहरुले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।
मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिनुभएका राष्ट्रपति ट्रम्पले भने, “यो पर्खाल त बनाएरै छाड्छु ।”
यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गरेका थिए । उनले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गरे ।
राष्ट्रपति ट्रम्पले भने, “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।”
भेनेजुएलामा जारी राजनीतिक घटनाक्रमप्रति निन्दा गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिका कहिल्यै पनि समाजवादी मुलुक हुने छैन ।” राष्ट्रपतिको उक्त भनाई वरिष्ट डेमोक्र्याट नेता बर्नी स्यान्डर्सप्रति पनि लक्षित थियो ।
राष्ट्रपतिको सम्बोधनका क्रममा सदनमा वरिष्ट डेमोक्र्याट र रिपब्लीकन नेताहरुको उपस्थिति थियो ।
डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिएका थिए । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले सङ्घीय कार्यालयहरु आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन (स्टन्ट) बनाएको आरोप लगाए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












