अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गरे।
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गरेका थिए । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब ६ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कङ्ग्रेसले अस्वीकृत गरेको छ ।
सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताए ।
उनले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सार्नु भएन । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदहरुले बेवास्ता गरेका थिए ।
राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गरे । उनले भने, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा सङ्घीय कार्यालयहरु बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सहरुले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।
मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिनुभएका राष्ट्रपति ट्रम्पले भने, “यो पर्खाल त बनाएरै छाड्छु ।”
यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गरेका थिए । उनले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गरे ।
राष्ट्रपति ट्रम्पले भने, “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।”
भेनेजुएलामा जारी राजनीतिक घटनाक्रमप्रति निन्दा गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिका कहिल्यै पनि समाजवादी मुलुक हुने छैन ।” राष्ट्रपतिको उक्त भनाई वरिष्ट डेमोक्र्याट नेता बर्नी स्यान्डर्सप्रति पनि लक्षित थियो ।
राष्ट्रपतिको सम्बोधनका क्रममा सदनमा वरिष्ट डेमोक्र्याट र रिपब्लीकन नेताहरुको उपस्थिति थियो ।
डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिएका थिए । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले सङ्घीय कार्यालयहरु आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन (स्टन्ट) बनाएको आरोप लगाए ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












