गाैतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल असारमा परिक्षण उडान हुने
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।
‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ।
उनका अनुसार मुख्य धावनमार्गको काम धमाधम भइरहेको छ। तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा कालोपत्रे गर्नुपर्छ।
अहिले धावनमार्गको दुई तहको कालोपत्रे पूरा गरेर तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम सकिएको छ। धावनमार्गमा एक फिट मोटाइ कालोपत्रे गर्नुपर्छ। त्यसमा कठिन मानिने पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। अधिकारीले भने, ‘अबको १० दिनमा तेस्रो तहको कालोपत्रे सम्पन्न गरी अन्तिम तहको कालोपत्रे १५ कार्य दिनभित्र सम्पन्न हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












