नेकपाका दुई पाइलटबीच चुलियो विवाद, प्रचण्डले पठाए यस्तो खतरानाक सन्देश !
काठमाडाैं । नेकपा भित्र दुई अध्यक्षबीच विवाद चर्किदै गएपछि पार्टीका विभिन्न कार्यक्रम प्रभावित बन्दै गएका छन् ।
भेनेजुएलाको राजनीतिक संकटबारे नेकपाका अध्यक्ष प्रचण्डले निकालेको वक्तव्यका कारण केहि दिन राजनीतिमा पैदा भएको तरङ्ग सेलाउन नपाउदै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले नचाहिने काम गरेको भन्ने खालको अभिव्यक्ति दिएपछि विवाद झन बढेर गएको हो ।
प्रधानमन्त्री ओलीले प्रचण्डको जिब्रोले स्लिप खाएको भन्दै हलुङ्गो पाराले टिप्पणी गरेपछि चितवन पुगेर प्रचण्डले ओलीलाई कडा जवाफ फर्काएका हुन् । प्रचण्डले भेनेजुएला प्रकरणबारे पार्टी सचिवालयले आफ्नो वक्तव्य अनुमोदन गरिसकेकाले जिम्मेवार कमरेडहरुले गति छाड्न खोज्नु भो भन्दै टिप्पणी गरेका हुन् ।
ओली-प्रचण्डबीच सल्केको भुसको आगो पार्टीको तल्लो कमिटीसम्म फैलिएपछि नेकपाका आगामी कार्यक्रम नै कतै छायामा पर्ने त होइनन् भन्ने खालका आशंका उत्पन्न हुन थालेका छन् । ओली-प्रचण्डबीच तनाव बढ्दै गएपछि यसको समाधान खोज्नु पर्ने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव विष्णु पाैडेलले पहल थालेको समेत स्रोतको दावी छ ।
पछिल्लो समय प्रचण्डको पोल्टामा पुगेका महासचिव पाैडेलले प्रचण्डकासामू ओलीलाई यसबारे फेरि दोहोर्याएर कुरा गर्न आफू तयार रहेको र पार्टीको आधिकारीक धारणा आइसकेको विषयमा प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा नबोल्न आग्रह गर्ने वचन दिएको स्रोतको दावी छ ।
यता प्रवक्ता श्रेष्ठले समेत ओलीलाई थप नबोलन आग्रह गरेको भन्दै प्रचण्डलाई सुनाएको स्रोतले जनाएको छ । प्रचण्डले ओलीको दम्भ फेरि बढेर गएको र आफूमाथि नै जाइलाग्न खोजे त्यसको परिणाम पार्टीमा राम्रो नहुने भन्दै स्पष्ठ सन्देश पठाइसकेको समेत स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












