समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।
सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गरे ।
सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गरे । सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गरे ।
सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गरे ।
सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराए ।
सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












