ओली-प्रचण्डको वाकयुद्धमा रक्षामन्त्रीको ‘बेमाैसमी राग’, पोखरेलमाथि लगाम कस्न दुबै अध्यक्ष तयार !
काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्रर पोखरेलले विभिन्न समयमा दिने गरेका अभिव्यक्तिले नेकपामा नयाँ तरङ्ग पैदा गर्ने गरेको पाइन्छ ।
केहि दिन पहिले भेनेजुएला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच चलेको जुहारीको बीचमा टुप्लुक्क बखेडा झिक्न आइपुगे रक्षामन्त्री पोखरेल ।
पार्टी एकताको विपक्षमा देखिएका पोखरेलले प्रधानमन्त्री ओलीलाई विभिन्न धम्की दिदै आफूलाई पार्टी महासचिव बनाउन दवाव दिएपनि उनी त्यो सुचिमा पर्न सकेनन् । अन्ततः नवाैं वरियतामा रहेका विष्णु पाैडेलले महासचिव पाएपछि छटपटीमा रहेका पोखरेलले त्यस लगत्तै बन्ने सरकारमा आफ्नो गतिलो पोजिसन खोज्न थाले।
पोखरेल निकट नेताका अनुसार उनी अर्थमन्त्री बन्न चाहन्थे । अर्थ मन्त्रालयका केहि कर्मचारी बोलाएर उनले छलफल समेत गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफू अर्थमन्त्री बन्नु पर्ने अडान राख्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई अर्थराज्यमन्त्री बनाएर जाने सोच बनाएकै कारण खतिवडालाई राष्ट्रिय सभामा ल्याउन तर्फ लागे ।
अन्ततः प्रधानमन्त्रीले यी सबै चलखेल बुझेपछि खतिवडालाई नै अर्थमन्त्री बनाए । झोकको पारो तातेपछि पार्टी एकता र समग्र प्रक्रियामाथि नै खनिन थालेका उनलाई सम्हाल्ने अस्त्र भनेको मन्त्री बनाउनु नै थियो । फलतः रक्षामन्त्री बने।
रक्षा सम्हालेदेखि नै वेलेवेला विवादीत तर्क दिदै आएका पोखरेलबाट आजित बनेका प्रचण्डले प्रधानमन्त्रीकासामू यसरी विवादीत बनाउने खालका अभिव्यक्ति दिने कार्यमाथि कदम चाल्न आग्रह गरेपछि ओलीले सोहि बुझाई आफूमा समेत रहेको भन्दै सहमतिको बिन्दुमा पुग्ने गरि काम थालेका हुन् ।
प्रचण्ड-ओलीको भेटघाटमा दुरि कसरी घटाउने भन्नेबारे छलफल हुँदा समेत विभिन्न टिकाटिप्पणी गरेर बसेका पोखरेललाई भने दुबै अध्यक्षद्वयले निगरानीमा राखेर आगामी काम गर्न भद्र सहमति गरेको स्रोतको दावी छ ।
स्रोतका अनुसार पोखरेल लगाम विनाका घोडाजस्ता बन्न खोजे पार्टीमा कुनै न कुनै डण्डा चलाउन मिल्ने गरि भद्र सहमति भएपछि प्रचण्ड-ओलीको वार्ता निष्कर्षमा पुगेको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












