सरकारको बारेमा गलत प्रचार गरेपनि टसको मस हुँदैन्ः मन्त्री अधिकारी
काठमाडौँ ।
सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् ।
सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए ।
उन भने, “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।”
नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए ।
पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे ।
भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्सलाई) को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उनले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए ।
७३४ लाई पथ प्रदर्शक तालीम
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












