सरकारको बारेमा गलत प्रचार गरेपनि टसको मस हुँदैन्ः मन्त्री अधिकारी
काठमाडौँ ।
सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् ।
सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए ।
उन भने, “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।”
नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए ।
पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे ।
भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्सलाई) को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उनले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए ।
७३४ लाई पथ प्रदर्शक तालीम
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











