हचुवा र पहुँचका भरमा योजना छनोटको आरोप
तम्घास ।
आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् ।
उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत रुपमा योजना तलबाट छानेर माथि जानुपर्ने अवस्थामा पहुँचको आधारमा सोझै माथिबाट योजना छान्ने परिपाटी गलत भएको उनीहरुले टिप्पणी गरेका छन् ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा जिल्लाका १२ वटा स्थानीय तहका जनप्रतिनिधिसहितको उपस्थितिमा जिल्लास्थित विकाससँग सम्बन्धित कार्यालयले आव २०७५÷७६ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी एवं प्रगति समीक्षा कार्यक्रममा प्रस्तुतीकरणपछि प्रतिक्रिया दिँदै जनप्रतिनिधिले उक्त कुरा बताएका हुन् ।
उनीहरुले सङ्घ र प्रदेशबाट सञ्चालन गरिने कार्यक्रमको स्थानीय तहले अनुगनम गर्ने व्यवस्था मिलाउनु पर्ने, ससाना योजना प्रदेश मन्त्रालयमा गएर सम्झौता र फरफारक गर्न समस्या हुने गरेको, जिल्लामा स्थापना भएका कार्यालयमा आवश्यक जनशक्तिको अभाव भएको, जिल्लामा पशुसेवाको लागि हालसम्म पनि विशेषज्ञ सेवा उपलब्ध नभएको कारण किसानले समस्या झेल्नुपरेको, डिभिजन वनका सव–डिभिजन कार्यालय सबै स्थानीय तहमा स्थापना गर्नुपर्ने भन्दै त्यस्ता विषयलाई तत्कालै समाधान गर्नका लागि पहल गरिदिन सङ्घ र प्रदेश सरकारका प्रतिनिधिलाई आग्रहसमेत गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले जिल्लाका प्रदेशसभा सदस्यको प्रत्यक्ष सहभागितामा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलाई एकै ठाउँमा राखी सङ्घ र प्रदेशबाट सञ्चालित योजना तथा कार्यक्रम कुनकुन स्थानीय तहमा के कसरी समावेश गरिएको छ भन्ने जानकारी गराउन यस्ता प्रकारका कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए ।
कार्यक्रममा मदन भण्डारी लोकमार्ग, पूर्वाधार विकास, सिँचाइ, डिभिजन वन, भू तथा जलाधार, खानेपानीलगायतका १९ सङ्घ र प्रदेशस्तरीय कार्यालयका प्रमुखले स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्ना कार्यालयको प्रगति प्रस्तुतीकरण गरी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












