मन्दिरको जग्गामा खेल मैदान
दार्चुला । मार्मा गाउपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गामा खेलकुद सचांलनका लागी खेल मैदान निर्माणको काम भइरहेको छ । मार्मा गाउपालिकाको ४ लाख ५० हजार बजेटमा खेलमैदान निर्माणको काम भइरहेको हो ।
मार्मा गाउपालिकाले ऐतिहासिक पौराणिक गाथा बोकेको लटीनाथ देउताको पुण्यभुमी मिचेर मनपरी ढङ्गले धार्मीक मान्यता विपरीत खेलमैदान निर्माण भइरहेको भन्दै स्थानीयले बिरोध जनाएका छन् । स्थानियले बिरोध गरेपनि निर्माण कार्य भने रोकिएको छैन् ।
खेल मैदानको लागी मार्मा गाउपालिका वडा नम्बर ४ तपोवनमा खुल्ला मैदान हुदाहुदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण गर्नु गलत भएको भन्दै आफुहरुले बिरोध गरेको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिए ।
डोजर लगाएर मन्दिरको जग्गामा रहेका रुखहरु उखेल्ने काम भएको हुदा बिरोध गरीएको उनले बताए । लटीनाथका ब्यापारीहरुको ब्यक्तिगत स्वार्थको लागी मन्दिर परिसर मिचेर १० लाख बजेटमा खेलकुद सचांलनका लागी खेल मैदान निर्माण भईरहेको उनको आरोप छ ।
गाउँपालिकाले भने लटिनाथ मन्दिर ब्यवस्थापन समितिको माग अनुसार नै खेलमैदान निर्माण भइरहेको जनाएको छ । मन्दिर ब्यवस्थापन समितिले नै खेलमैदान निर्माण गर्ने माग गरेपछि ब्यवस्थापन समिति अध्यक्ष करबिर सिह बिष्टको नेतृत्वमा खेलमैदान निर्माण भइरहेको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिए ।
गाउँपालिकाले मन्दिरको सम्पत्ती मिच्ने, भत्काउने नभइ संरक्षण गर्ने उदेश्य राखेर बजेट बिनियोजन गरेको अध्यक्ष धामीको भनाइ छ । मन्दिर क्षेत्र संरक्षण अन्तरगत तारजाली लगाउन गाउँपालिकाबाट थप १५ लाख रुपैया बजेट बिनियोजन गरीएको उनले बताए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











