प्रचण्डदेखि विजय गच्छदारसम्मले यसरी सम्झिए भरतमोहनलाई !
काठमाडाैँ । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि उनको अन्तिम श्रद्धाञ्जली सभामा पुगेका नेताहरुले भावुक हुँदै स्मरण गरेका छन् ।
नेकपाका अध्यक्ष प्रचण्ड,माधव कुममार नेपाल नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल कांग्रेस उपसभापति विजयकुमार गच्छदारले दिवंगत नेता अधिकारीको काम र उनले राजनीतिक जीवनमा गरेका संघर्षबारे स्मरण गरेका हुन् ।
उहाँ मेरो अभिभावक हुनुहन्थ्यो: प्रचण्ड, नेकपा अध्यक्ष
निरन्तर भेटघाटमा जाने गरेका नेकपा अध्यक्ष प्रचण्डले दिवंगत नेता अधिकारीलाई स्मरण गर्दे भने, भेन्टिलेटरमा जानुअघि उहाँले पार्टी, देश र समाजकै चिन्ता गर्नुभएको थियो। समृद्धिको चाहना गर्नुभएको थियो। साथै,पार्टी एकीकरण प्रक्रिया छिटो सक्न आग्रह गर्नुभएको थियो।
मसँगको सम्बन्धका विषयमा भन्नुपर्दा उहाँ मेरो अभिभावक हुनुहन्थ्यो। २०३८ सालदेखि उहाँ र मेरो सम्बन्ध नजिकिएको थियो । पहिलो पटक वनारसमा अखिल भारत नेपाली विद्यार्थी संघको सम्मेलनमा भेट वहाँसँग भएको थियो। राजनीतिक भेटघाट र कुराकानीको सुरुवात त्यसै समयदेखि भएको हो ।
जीवनको अन्तिम समयसम्म पनि उहाँलाई देश,समाज र पार्टीकै चिन्ता थियो । अर्थशास्त्रका विषयमा उहाँमा भएको ज्ञान र अनुभव अतुलनीय थियो। त्यसलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्छ।
वृद्धहरूका सेवक : माधवकुमार नेपाल, नेकपा वरिष्ठ नेता
भरतमोहन जनताका लोकप्रिय नेता हुनुहुन्थ्यो । बुढाबुढीले उहाँलाई आदर्श मात्रैहोइन भगवान जस्तै मान्ने गरेको पाएको छु । लोकतान्त्रिक मान्यतालाई आत्मसाथ गर्ने कम्युनिष्ट आन्दोलनका अगुवा हुनुहुन्थ्यो। अर्थमन्त्रीको भुमिकामा उहाँले खेलेको भुमिका युगाैं युगसम्म प्रसंसा योग्य हुनेछ । २०४४ सालदेखि हाम्रो भेट भएको थियो। पञ्चायत विरोधी आन्दोलनमा हामीले सहकार्य गर्यौं ।
उहाँले ल्याएको बृद्धा भत्ता कार्यक्रमले पार्टीलाई थप उर्जा मिलेको थियो र हामीले यसलाई मुख्य मुद्धाको रुपमा समेत अगाडी बढाएका थियाैं । वृद्धहरूको देशव्यापी अभिनन्दन गर्ने अभियानको श्रेय पनि उहाँलाइ नै जान्छ।
समाज सुधारक : विजय गच्छदार, कांग्रेस उपसभापति
प्रजातन्त्र र लोकतान्त्रका आन्दोलनमा उहाँ सधैं लडिरहनु भयो। परिवर्तनका लागि भएका हरेक आन्दोलनमा उहाँको भूमिका अग्रस्थानमा थियो। सञ्चा लोकतान्त्रिक नेता गुमाउन पुगेका छौं।
अर्थमन्त्रीको हैसियतमा दिवंगत नेताले सामाजीक आर्थिक परिवर्तन ल्याउनका लागि अद्वितीय योगदान पुर्याउनु भएको थियो।असल अर्थविद्,अर्थमन्त्री,समाज सुधारक राजनीतिज्ञका रुपमा मैले बुझ्छु।
उहाँ जस्तै नेता कम्युनिस्ट आन्दोलनमा प्राप्त गर्न गाह्रोः मोहन वैद्य,अध्यक्ष-नेकपा क्रान्तीकारी
भरतमोहन नेपाली कम्युनोिष्ट आन्दोलनका एक हस्ति हुनुहुन्थ्यो । उहाँको योगदानको कदर हुनुपर्छ भन्ने हो । बिशेष गरेर उहाँको विज्ञता अर्थशास्त्रमा थियो । उहाँजस्तो नेता पाउन मुस्किल छ । सरल सहज र मृदभाषी पनि हुनुहुन्थ्यो।
हामी एक पटक एउटै पार्टीमा पनि थियौं। पछि पार्टी विभाजन हुदाँ अलग अलग बाटो लाग्यौं। उहाँ जुन समूहमा रहेपनि जनवादी आन्दोलनमा लागिरहनुभएको थियो। सरल स्वभावको नेता हो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












