प्रचण्डदेखि विजय गच्छदारसम्मले यसरी सम्झिए भरतमोहनलाई !
काठमाडाैँ । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि उनको अन्तिम श्रद्धाञ्जली सभामा पुगेका नेताहरुले भावुक हुँदै स्मरण गरेका छन् ।
नेकपाका अध्यक्ष प्रचण्ड,माधव कुममार नेपाल नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल कांग्रेस उपसभापति विजयकुमार गच्छदारले दिवंगत नेता अधिकारीको काम र उनले राजनीतिक जीवनमा गरेका संघर्षबारे स्मरण गरेका हुन् ।
उहाँ मेरो अभिभावक हुनुहन्थ्यो: प्रचण्ड, नेकपा अध्यक्ष
निरन्तर भेटघाटमा जाने गरेका नेकपा अध्यक्ष प्रचण्डले दिवंगत नेता अधिकारीलाई स्मरण गर्दे भने, भेन्टिलेटरमा जानुअघि उहाँले पार्टी, देश र समाजकै चिन्ता गर्नुभएको थियो। समृद्धिको चाहना गर्नुभएको थियो। साथै,पार्टी एकीकरण प्रक्रिया छिटो सक्न आग्रह गर्नुभएको थियो।
मसँगको सम्बन्धका विषयमा भन्नुपर्दा उहाँ मेरो अभिभावक हुनुहन्थ्यो। २०३८ सालदेखि उहाँ र मेरो सम्बन्ध नजिकिएको थियो । पहिलो पटक वनारसमा अखिल भारत नेपाली विद्यार्थी संघको सम्मेलनमा भेट वहाँसँग भएको थियो। राजनीतिक भेटघाट र कुराकानीको सुरुवात त्यसै समयदेखि भएको हो ।
जीवनको अन्तिम समयसम्म पनि उहाँलाई देश,समाज र पार्टीकै चिन्ता थियो । अर्थशास्त्रका विषयमा उहाँमा भएको ज्ञान र अनुभव अतुलनीय थियो। त्यसलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्छ।
वृद्धहरूका सेवक : माधवकुमार नेपाल, नेकपा वरिष्ठ नेता
भरतमोहन जनताका लोकप्रिय नेता हुनुहुन्थ्यो । बुढाबुढीले उहाँलाई आदर्श मात्रैहोइन भगवान जस्तै मान्ने गरेको पाएको छु । लोकतान्त्रिक मान्यतालाई आत्मसाथ गर्ने कम्युनिष्ट आन्दोलनका अगुवा हुनुहुन्थ्यो। अर्थमन्त्रीको भुमिकामा उहाँले खेलेको भुमिका युगाैं युगसम्म प्रसंसा योग्य हुनेछ । २०४४ सालदेखि हाम्रो भेट भएको थियो। पञ्चायत विरोधी आन्दोलनमा हामीले सहकार्य गर्यौं ।
उहाँले ल्याएको बृद्धा भत्ता कार्यक्रमले पार्टीलाई थप उर्जा मिलेको थियो र हामीले यसलाई मुख्य मुद्धाको रुपमा समेत अगाडी बढाएका थियाैं । वृद्धहरूको देशव्यापी अभिनन्दन गर्ने अभियानको श्रेय पनि उहाँलाइ नै जान्छ।
समाज सुधारक : विजय गच्छदार, कांग्रेस उपसभापति
प्रजातन्त्र र लोकतान्त्रका आन्दोलनमा उहाँ सधैं लडिरहनु भयो। परिवर्तनका लागि भएका हरेक आन्दोलनमा उहाँको भूमिका अग्रस्थानमा थियो। सञ्चा लोकतान्त्रिक नेता गुमाउन पुगेका छौं।
अर्थमन्त्रीको हैसियतमा दिवंगत नेताले सामाजीक आर्थिक परिवर्तन ल्याउनका लागि अद्वितीय योगदान पुर्याउनु भएको थियो।असल अर्थविद्,अर्थमन्त्री,समाज सुधारक राजनीतिज्ञका रुपमा मैले बुझ्छु।
उहाँ जस्तै नेता कम्युनिस्ट आन्दोलनमा प्राप्त गर्न गाह्रोः मोहन वैद्य,अध्यक्ष-नेकपा क्रान्तीकारी
भरतमोहन नेपाली कम्युनोिष्ट आन्दोलनका एक हस्ति हुनुहुन्थ्यो । उहाँको योगदानको कदर हुनुपर्छ भन्ने हो । बिशेष गरेर उहाँको विज्ञता अर्थशास्त्रमा थियो । उहाँजस्तो नेता पाउन मुस्किल छ । सरल सहज र मृदभाषी पनि हुनुहुन्थ्यो।
हामी एक पटक एउटै पार्टीमा पनि थियौं। पछि पार्टी विभाजन हुदाँ अलग अलग बाटो लाग्यौं। उहाँ जुन समूहमा रहेपनि जनवादी आन्दोलनमा लागिरहनुभएको थियो। सरल स्वभावको नेता हो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












