विप्लव राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिन्छः प्रचण्ड
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई नामै किटेर राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिने चेतावनी दिएका छन् ।
पछिल्लो समयका गतिविधिले गम्भीर रुप लिदेगएकाले सरकार समेत गम्भीर बन्नु परेको भन्दै यसको समाधान छिट्टै निकाल्ने प्रचण्डले दावी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए । उनले भने, अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’
सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभए सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’
यसै प्रसंगमा बोल्दै प्रचण्डले क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको बताए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको भन्दै प्रचण्डले भने, ‘अब त्यो (लडाकू शिविर) भन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’
विप्लव समूहबाट हतियार बरामद हुनु सामान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











