विप्लव राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिन्छः प्रचण्ड
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई नामै किटेर राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिने चेतावनी दिएका छन् ।
पछिल्लो समयका गतिविधिले गम्भीर रुप लिदेगएकाले सरकार समेत गम्भीर बन्नु परेको भन्दै यसको समाधान छिट्टै निकाल्ने प्रचण्डले दावी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए । उनले भने, अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’
सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभए सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’
यसै प्रसंगमा बोल्दै प्रचण्डले क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको बताए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको भन्दै प्रचण्डले भने, ‘अब त्यो (लडाकू शिविर) भन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’
विप्लव समूहबाट हतियार बरामद हुनु सामान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












