सिके राउत प्रचण्डजस्तै क्षमतावान, विप्लव लुटेराः प्रधानमन्त्री ओली
काठमाडाैं । मधेस छुट्टै हुनुपर्छ भन्दै विखण्डणकारीको बिल्ला भिराइएका डा. सिके राउतलाई सरकारले तामझामका साथ सभागृहबाट कुशल, क्षमतावान र तीक्ष्ण बुद्धि भएको व्यक्ति घोषणा गरेको छ ।
स्वतन्त्र मधेसको नारा दिएर चर्चामा आएका डा. सिके राउतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसँग मञ्च सेयर गरे । प्रधानमन्त्री ओलीले सम्बोधनमा प्रचण्ड जत्तिकै डाइनामिक र विलक्षण क्षमताको खानी भन्दै शब्दहरु खर्च गरे ।
तर, प्रधानमन्त्री ओलीले अर्को तप्कालाई भने बेस्सरी गाली गरे । कम्युनिष्टको नाममा नराख लुटेरा समुह भनेर दावी गर भन्दै दिएको अभव्यक्तिले राज्यमा द्वन्द्ध निम्तिने खतरा समेत बढेर गएको छ । विप्लव नेतृत्वको नेकपा प्रति निकै आक्रामक बनेका प्रधानमन्त्री ओलीले प्रचण्डले अभिव्यक्ति दिएपछि यसबारे मुखोलेका हुन् ।
तर, देश नै टुक्र्याउछु भन्ने सिके राउतलाई सरकारले जेल राखेर भित्र भित्रै कडा कदम चाल्ने संकेत देखाएपछि राउत आफ्नो निर्णयबाट पछि हटेको मधेस जानकारहरुको टिप्पणी छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त हस्ताक्षर गरेका राउतले आफ्नो फेसबुक स्टाटसमा ‘जनमतसंग्रह गराउन सरकार सहमत’ शीर्षकमा यस्तो लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।’
गृहमन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा पृथकतावादी आन्दोलन छाडेको कुनै घोषणा नगरेका डा. राउतले फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनीति गर्ने भएको छ ।’
प्रधानमन्त्री ओलीले भने राउतलाई विलक्षण प्रतिभा भएको मान्छे भन्दै प्रंशसा गरेपछि नेकपा भित्रै विरोधका स्वरहरु सुनिन थालेका छन् । अरका अध्यक्ष प्रचण्ड कार्यक्रममा पुगेपनि भाषण भने गरेनन् । उसो त उनी सिके राउतकै मुख हेर्न सभागृह पुगेका हुन् त? सर्वसाधारणले प्रश्न उठाएका छन् ।
लस्करै फोटो खिचेर राउतलाई भेट्न कै लागि प्रचण्ड सभागृह पुगेको भन्ने आशंकाहरुका माझ प्रचण्डका निकट नेताका अनुसार उनी त्यहाँ नजाने भनेपनि प्रधानमन्त्रीको आग्रहमा गएको खुलेको छ । प्रधानमन्त्रीले प्रचण्ड त्यहाँ पुगेपछि दिल खोलेरै सिकेको प्रशंसा र विप्लवलाई मरिसक्ने गाली गर्न भ्याएका हुन् ।
प्रत्येक भाषणमा ओलीले केहि न केहि फण्डा निकालेरै छाड्छन् । तर, सिके राउतसँगको राजनीतिक सम्झाैता कार्यक्रममा एउटालाई नजिक ल्याउन अर्कोलाई टाढा राख्ने कोसिस गरेका हुन् ।
प्रचण्ड सभागृह पुगेपछि ओलीले आत्मबल उच्च राखेको हुनसक्छ । जसका कारण सिके भन्दा प्रचण्डका पुराना कार्यकर्ता (जसले जनयुद्ध लडेका थिए) विप्लव लगायत उनका पार्टीका नेता कार्यकर्ता टाढाका र कम्युनिष्टको नाममा लुटेरा बने ।
आक्रोसित अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले चर्चा कमाउने र ममिडियालाई खुराक दिन खोजेको जस्तो देखिन्छ । होइन भने राजनीतिक समाधान खोजेर मुलुकलाई संवृद्धिको बाटोमा लम्कन यसरी सकिदैन । एक राजनीतिक विश्लेषकले भने, प्रधानमन्त्रीको विप्लवबारेको अभिव्यक्तिले समाजमा द्वन्द्ध फैलिने खतरा बढेर गयो । यसरी बोल्न हुन्थ्यो कि नाई भन्ने कुरा प्रचण्ड नेतृत्वको माओवादीलाई नै सम्झे पुग्छ । जनतामा निराशा छाएको खण्डमा यसरी बोल्न भन्दा राजनीतिक समाधान खोज्नु पर्थ्यो जो कुरा हुन सकेन् ।
यस्तै, एनसेलमा बम विस्फोट गराएपछि समेत माैन रहेका प्रधानमन्त्रीले आज कसरी बोल्न सक्छन ? यो गम्भीर प्रश्नको विषय हो । यसको अर्थ फेरि यो होइन की हिंसा, आतंकवादलाई प्रसय दिनुपर्छ भन्ने । तर, समाधान खोज्ने बाटोमा लागेर राजनीतिक होस या प्रशासनिक त्यसको उचित रोडम्याप सार्वजनिक गरेको भए राम्रो हुने थियो ।
प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका थिए, विप्लवहरु राजनीतिक सहमतिमा आएनन् भने प्रशासनिक रुपमाम समाधान खोजिन्छ । यसपछि हाैसिएका ओलीले सार्वजनिक कार्यक्रममा विप्लवप्रति कडा रवाफ देखाउन थालेका हुन् ।
सरकार कडा रुपमा प्रतिवादमा उत्रिने तयारी थालेको अवस्थामा विप्लवले समेत आत्मरक्षाका लागि आफ्ना सवै संयन्त्रको प्रयोग गर्ने उनका पार्टीका मद्य केन्द्रिय कमाण्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जनाइसकेका छन् । सरकारको आगामीि कदम हेरेर मात्रै पार्टीले निर्णय गर्ने भन्दै व्यापारीदेखि नेताहरुलाई खुल्ला चुनाैति दिएका सुदर्शनले देश पुनः युद्धमा धकेलिने प्रष्ठ संकेत दिएका थिए । लुम्बिनि भ्वाइससँग भिडियो अन्तरवार्ताको क्रममा उनले भनेका थिए, यहाँ दुईवटा राज्यसत्ता चलेका छन् । ओली सरकारले लुट खसाैट मच्चाएको छ । जनताको पक्षमा काम नगरे त्यसको कडा प्रतिरोध हुन्छ । उनले फरक प्रश्नमा चुनावमा मान्छेको ज्यान जान्छ भने क्रान्तिको दाैरान मान्छेले ज्यान नगुमाउने कुरै हुँदैन भनेर युद्धको स्पष्ठ झल्को दिइसकेका छन् ।
तर, यता सरकार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष विप्लव प्रति कडा प्रतिक्रिया जनाउने मात्रै गरेका छैनन् । विप्लवका नेता कार्यकर्ता धमाधम समातिन थालेका छन् । पक्राउ परेकाबाट अत्याधुनिक हतियार फेला पर्ने गरेको छ । यस्तो अवस्थामा सरकारले जथाभावी बोल्नु भन्दा वार्ताको वातावरण सिर्जना गरे त्यसले देशको निकास र विकास हुने थियो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











