सिके राउत प्रचण्डजस्तै क्षमतावान, विप्लव लुटेराः प्रधानमन्त्री ओली
काठमाडाैं । मधेस छुट्टै हुनुपर्छ भन्दै विखण्डणकारीको बिल्ला भिराइएका डा. सिके राउतलाई सरकारले तामझामका साथ सभागृहबाट कुशल, क्षमतावान र तीक्ष्ण बुद्धि भएको व्यक्ति घोषणा गरेको छ ।
स्वतन्त्र मधेसको नारा दिएर चर्चामा आएका डा. सिके राउतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसँग मञ्च सेयर गरे । प्रधानमन्त्री ओलीले सम्बोधनमा प्रचण्ड जत्तिकै डाइनामिक र विलक्षण क्षमताको खानी भन्दै शब्दहरु खर्च गरे ।
तर, प्रधानमन्त्री ओलीले अर्को तप्कालाई भने बेस्सरी गाली गरे । कम्युनिष्टको नाममा नराख लुटेरा समुह भनेर दावी गर भन्दै दिएको अभव्यक्तिले राज्यमा द्वन्द्ध निम्तिने खतरा समेत बढेर गएको छ । विप्लव नेतृत्वको नेकपा प्रति निकै आक्रामक बनेका प्रधानमन्त्री ओलीले प्रचण्डले अभिव्यक्ति दिएपछि यसबारे मुखोलेका हुन् ।
तर, देश नै टुक्र्याउछु भन्ने सिके राउतलाई सरकारले जेल राखेर भित्र भित्रै कडा कदम चाल्ने संकेत देखाएपछि राउत आफ्नो निर्णयबाट पछि हटेको मधेस जानकारहरुको टिप्पणी छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त हस्ताक्षर गरेका राउतले आफ्नो फेसबुक स्टाटसमा ‘जनमतसंग्रह गराउन सरकार सहमत’ शीर्षकमा यस्तो लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।’
गृहमन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा पृथकतावादी आन्दोलन छाडेको कुनै घोषणा नगरेका डा. राउतले फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनीति गर्ने भएको छ ।’
प्रधानमन्त्री ओलीले भने राउतलाई विलक्षण प्रतिभा भएको मान्छे भन्दै प्रंशसा गरेपछि नेकपा भित्रै विरोधका स्वरहरु सुनिन थालेका छन् । अरका अध्यक्ष प्रचण्ड कार्यक्रममा पुगेपनि भाषण भने गरेनन् । उसो त उनी सिके राउतकै मुख हेर्न सभागृह पुगेका हुन् त? सर्वसाधारणले प्रश्न उठाएका छन् ।
लस्करै फोटो खिचेर राउतलाई भेट्न कै लागि प्रचण्ड सभागृह पुगेको भन्ने आशंकाहरुका माझ प्रचण्डका निकट नेताका अनुसार उनी त्यहाँ नजाने भनेपनि प्रधानमन्त्रीको आग्रहमा गएको खुलेको छ । प्रधानमन्त्रीले प्रचण्ड त्यहाँ पुगेपछि दिल खोलेरै सिकेको प्रशंसा र विप्लवलाई मरिसक्ने गाली गर्न भ्याएका हुन् ।
प्रत्येक भाषणमा ओलीले केहि न केहि फण्डा निकालेरै छाड्छन् । तर, सिके राउतसँगको राजनीतिक सम्झाैता कार्यक्रममा एउटालाई नजिक ल्याउन अर्कोलाई टाढा राख्ने कोसिस गरेका हुन् ।
प्रचण्ड सभागृह पुगेपछि ओलीले आत्मबल उच्च राखेको हुनसक्छ । जसका कारण सिके भन्दा प्रचण्डका पुराना कार्यकर्ता (जसले जनयुद्ध लडेका थिए) विप्लव लगायत उनका पार्टीका नेता कार्यकर्ता टाढाका र कम्युनिष्टको नाममा लुटेरा बने ।
आक्रोसित अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले चर्चा कमाउने र ममिडियालाई खुराक दिन खोजेको जस्तो देखिन्छ । होइन भने राजनीतिक समाधान खोजेर मुलुकलाई संवृद्धिको बाटोमा लम्कन यसरी सकिदैन । एक राजनीतिक विश्लेषकले भने, प्रधानमन्त्रीको विप्लवबारेको अभिव्यक्तिले समाजमा द्वन्द्ध फैलिने खतरा बढेर गयो । यसरी बोल्न हुन्थ्यो कि नाई भन्ने कुरा प्रचण्ड नेतृत्वको माओवादीलाई नै सम्झे पुग्छ । जनतामा निराशा छाएको खण्डमा यसरी बोल्न भन्दा राजनीतिक समाधान खोज्नु पर्थ्यो जो कुरा हुन सकेन् ।
यस्तै, एनसेलमा बम विस्फोट गराएपछि समेत माैन रहेका प्रधानमन्त्रीले आज कसरी बोल्न सक्छन ? यो गम्भीर प्रश्नको विषय हो । यसको अर्थ फेरि यो होइन की हिंसा, आतंकवादलाई प्रसय दिनुपर्छ भन्ने । तर, समाधान खोज्ने बाटोमा लागेर राजनीतिक होस या प्रशासनिक त्यसको उचित रोडम्याप सार्वजनिक गरेको भए राम्रो हुने थियो ।
प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका थिए, विप्लवहरु राजनीतिक सहमतिमा आएनन् भने प्रशासनिक रुपमाम समाधान खोजिन्छ । यसपछि हाैसिएका ओलीले सार्वजनिक कार्यक्रममा विप्लवप्रति कडा रवाफ देखाउन थालेका हुन् ।
सरकार कडा रुपमा प्रतिवादमा उत्रिने तयारी थालेको अवस्थामा विप्लवले समेत आत्मरक्षाका लागि आफ्ना सवै संयन्त्रको प्रयोग गर्ने उनका पार्टीका मद्य केन्द्रिय कमाण्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जनाइसकेका छन् । सरकारको आगामीि कदम हेरेर मात्रै पार्टीले निर्णय गर्ने भन्दै व्यापारीदेखि नेताहरुलाई खुल्ला चुनाैति दिएका सुदर्शनले देश पुनः युद्धमा धकेलिने प्रष्ठ संकेत दिएका थिए । लुम्बिनि भ्वाइससँग भिडियो अन्तरवार्ताको क्रममा उनले भनेका थिए, यहाँ दुईवटा राज्यसत्ता चलेका छन् । ओली सरकारले लुट खसाैट मच्चाएको छ । जनताको पक्षमा काम नगरे त्यसको कडा प्रतिरोध हुन्छ । उनले फरक प्रश्नमा चुनावमा मान्छेको ज्यान जान्छ भने क्रान्तिको दाैरान मान्छेले ज्यान नगुमाउने कुरै हुँदैन भनेर युद्धको स्पष्ठ झल्को दिइसकेका छन् ।
तर, यता सरकार, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष विप्लव प्रति कडा प्रतिक्रिया जनाउने मात्रै गरेका छैनन् । विप्लवका नेता कार्यकर्ता धमाधम समातिन थालेका छन् । पक्राउ परेकाबाट अत्याधुनिक हतियार फेला पर्ने गरेको छ । यस्तो अवस्थामा सरकारले जथाभावी बोल्नु भन्दा वार्ताको वातावरण सिर्जना गरे त्यसले देशको निकास र विकास हुने थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












