नागरिक अधिकारवादीलाई एकोहोरो कुरा नबुझ्न आग्रह
काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी दिए ।
“देशमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहने छ”, उनले भने । मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाउनेलाई त्यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै नागरिक अधिकारवादीलाई पनि एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गरे ।
उनले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्याङ्कन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता गरिएको स्पष्ट गरे ।
नेकपाका नेता पोखरेलले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र नभई जनताको सारथी बन्न र मुलुकको समृद्धिका लागि भएको बताए । आगामी दिनमा नेकपा राजनीतिक र संवैधानिक घोषणानुसार विकास र समृद्धिको बाटामा जनतालाई साथमा लिई तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












