शेयर बजारः ६ अङ्कले बढ्यो
काठमाडौं । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।
कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बीमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बीमा ४५.८५ विन्दुले बढेको छ ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको रु दुई करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको रु एक करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।
स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६.८३, सिन्धु विकास बैंकका शेयरधनीले ६.४५ प्रतिशतले कमाएका छन् ।
यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६.७४, घलेम्दी हाइड्रो पावर ४.९०, ङादी समूह ४.६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४.३६ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
क्यानडाका भावी प्रधानमन्त्रीले भने- अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ
ओटावा । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल...
-
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित
काठमाडौं । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी...
-
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
काठमाडौं । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की...
-
क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा
काठमाडौं । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ...
-
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
काठमाडौं । शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ...
-
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण
काठमाडौं । चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ...
-
सिरियामा फेरि द्वन्द्व चर्कियो, सयौंको मृत्यु भएको आशंका
काठमाडौं । सिरियाको संक्रमणकालीन सरकारले सत्ता सम्हालेपछिको सबैभन्दा खराब द्वन्द्वको सामना गरेको छ । यो साता सरकारी सुरक्षा बल र...
-
बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिनुभएको छ । आफुले इजरायललाई आवश्यक पर्ने...
-
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
काठमाडौं । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका...