रसायनिक कारखानामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६४ पुग्यो
बेइजिङ ।
पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार ६४ पुगेको छ ।
स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो ।
यस विस्फोटमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।
जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् ।
पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जिवीतै उद्धार गरिएको हो । उद्धार कार्यपछि ती व्यक्तिलाई अस्पताल लगिएको तर उनको स्वास्थ्य स्थितिको विषयमा भने कुनै विस्तृत विवरण भने दिइएको छैन् ।
उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गर्नु भएको एक विज्ञप्तिमा जनाइएको छ ।
यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ भन्दा बढी व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएका अपस्पताबाट जारी विज्ञप्तिमा जनाइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।
चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २।२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ ।
विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको थियो ।
चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
गत वर्ष जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो । हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए ।
गत बिहीबारर भएको यस दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












