विकास निर्माणमा इमान्दार हुन निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिएका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी र स्थानीय समुदायलाई निर्देशन दिएका हुन् ।
“पछिल्लो समयमा उपभाक्ता समितिका नाममा अनियमित हुन थालेका घटना बाहिर आइरहेका छन्,” मन्त्री खत्रीले भने,“यसले विकास र सामाजिक संस्कार दुवै बिग्रेको छ ।”
उनले भने, “निर्माण व्यवसायीले राज्यलाई कर तिरेर वैधानिक तरिकाले काम गरिरहेका छन् र धरौटीसमेत लिइएको हुन्छ । दायाँबायाँ गरे सरकारले धरौटी जफत गर्नुको साथै कालोसूचीमा राख्छ ।”
साविकको मैनतडा गाविसमा १७ वटा खानेपानी तथा सिँचाइका योजनाका लागि प्रदेश सरकारले रु तीन करोड २० लाख बजेट विनियोजन गरेकाले यो चालु आवमै योजना सम्पन्न गर्नसमेत उनले त्यहाँका समुदायलाई निर्देशन दिए ।
भेरी नदीस्थित भेरीगङ्गा र गुर्भाकोट नगरपालिका जोड्ने पुल निर्माण कार्यको अनुगमन गर्दै मन्त्री खत्रीले सो आयोजनाको जिम्मा लिएको आशिषचन्द्र एण्ड वसन्त जेभी निर्माण सेवालाई बेलैमा काम सम्पन्न गर्न निर्देशन दिए ।
कर्णाली प्रदेशसभाका सदस्य पद्मा खड्काले पानीको निकै ठूलो अभावग्रस्त क्षेत्र मैनतडाका जनताको आवश्यकतालाई बुझेर प्रदेश सरकारले रकम विनियोजन गरेको बताए ।
सरकारले रु एक करोड मुनिका योजना समुदायलाई निर्माण गर्न दिने नीति ल्याएकाले वर्षेनी कालापहाड जाने यहाँको जनतालाई सरकारको यो बजेटले सहयोग पुग्ने उनले विश्वास दिलाए ।
भेरीगङ्गा नगरपालिका–९ सुर्खेतस्थित रु २५ लाख बराबरको डडरेखोला सिँचाइ योजना निर्माणार्थ गठित उपभोक्ता समितिका अध्यक्ष कौशिला सार्कीले यो आवमै योजना निर्माण गर्न सकिनेमा आफू ढुक्क रहेको विश्वास दिलाए ।
मन्त्री खत्रीले भेरीगङ्गा नगरपालिका, लेकबेँसी र गुर्भाकोट नगरपालिका सडक, खानेपानी, सिँचाइ, पुल, बजार व्यवस्थापन र विभिन्न विद्यालयको भौतिक निर्माणका योजनाको अनुगमन गरेका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












