बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण
अमेरिका ।
इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ ।
यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् ।
अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार यात्रुरहीत उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।
उक्त विमान स्थानीय समयअनुसार मङ्गलबार अपराह्न २.४७ बजे ओल्र्यान्डो विमानस्थलबाट उडेको र इन्जिनमा समस्या आएपछि अपराह्न २.५८ बजे फर्किएर ओल्र्यान्डो विमानस्थलमै अवतरण गरेको थियो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ ।
यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरुले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताए ।
बोइङ ७३७ म्याक्स मोडेलका विमानको सुरक्षाका विषयमा शङ्का उत्पन्न भइरहेकै समयमा इन्जिनमा समस्या आएर आकस्मिक अवतरण गरेपछि पुनः सर्वत्र चिन्ता व्यक्त भएको छ ।
बोइङले आफ्ना विमानहरु उडानका लागि सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरिरहेकै समयमा यो घटना भएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











