सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
रारा ।
जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ ।
खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।
थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिशमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
थापाको यो चौथो गर्भ रहेको र मङ्गलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिए ।
थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक तिमिल्सिनाले भने । तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी थापाको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।
स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र प्रेषण गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
यसअघि पनि चैत ५ गते सोरु गाउँपालिका–५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो ।
File Photo
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












