सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
रारा ।
जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ ।
खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।
थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिशमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
थापाको यो चौथो गर्भ रहेको र मङ्गलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिए ।
थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक तिमिल्सिनाले भने । तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी थापाको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।
स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र प्रेषण गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
यसअघि पनि चैत ५ गते सोरु गाउँपालिका–५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो ।
File Photo
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












