अवैध औषधिसहित चार पक्राउ
भद्रपुर ।
झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनीहरुलाई मे १ च ४०६३ नं को मारुति भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधि लुकाइछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिबार पक्राउ गरेको थियो ।
बरामद गरिएको औषधिमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको पाँच कार्टुन, फ्लोमिस्ट नासल स्प्रे दुई कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको दुई कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित एक कार्टुनमा रहेको ४०५ बट्टा फोरडम उल्लेखित एक हजार २०० बट्टालगायत रहेको छ ।
सो सामानको मूल्य रु २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौँ लैजान लागेको प्रहरीले जनाएको छ ।
बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए ।
सोही अवसरमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका लत्ताकपडा, भाडा वर्तनलगायतका रु सात लाख ७८ हजार बराबरका सामग्री पक्राउ गरिएको जानकारी दिएको छ । ती सामग्री आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । प्रहरीले मेचीनगर, भद्रपुर नगरपालिकालगायतका विभिन्न स्थानबाट बरामद भएको तीन सय लिटर घरेलु मदिरा समेत आज नष्ट गरेको छ ।
जेसीबीले किचेर सहचालकको मृत्यु
भद्रपुर नगरपालिका–३ मा बाटो खन्न प्रयोग गरिएको जेसीबीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसीबीकै सहचालक मेचीनगर नगरपालिका–१४ का २० वर्षीय विक्रम राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनको शनिबार राति ७ बजे वा १ क ५३७६ नं को जेसीबीले बाटोमा रहेको तेलको ड्रम उठाउने क्रममा मेसिनको अगाडिको भागले टाउकोमा थिच्दा घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
जेसीबी बुद्धशान्ति गाउँपालिका–२ का कुमार भट्टराईको हो भने जेसीबी चालक फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राजवंशीको शव परीणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












