अवैध औषधिसहित चार पक्राउ
भद्रपुर ।
झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनीहरुलाई मे १ च ४०६३ नं को मारुति भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधि लुकाइछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिबार पक्राउ गरेको थियो ।
बरामद गरिएको औषधिमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको पाँच कार्टुन, फ्लोमिस्ट नासल स्प्रे दुई कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको दुई कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित एक कार्टुनमा रहेको ४०५ बट्टा फोरडम उल्लेखित एक हजार २०० बट्टालगायत रहेको छ ।
सो सामानको मूल्य रु २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौँ लैजान लागेको प्रहरीले जनाएको छ ।
बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए ।
सोही अवसरमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका लत्ताकपडा, भाडा वर्तनलगायतका रु सात लाख ७८ हजार बराबरका सामग्री पक्राउ गरिएको जानकारी दिएको छ । ती सामग्री आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । प्रहरीले मेचीनगर, भद्रपुर नगरपालिकालगायतका विभिन्न स्थानबाट बरामद भएको तीन सय लिटर घरेलु मदिरा समेत आज नष्ट गरेको छ ।
जेसीबीले किचेर सहचालकको मृत्यु
भद्रपुर नगरपालिका–३ मा बाटो खन्न प्रयोग गरिएको जेसीबीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसीबीकै सहचालक मेचीनगर नगरपालिका–१४ का २० वर्षीय विक्रम राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनको शनिबार राति ७ बजे वा १ क ५३७६ नं को जेसीबीले बाटोमा रहेको तेलको ड्रम उठाउने क्रममा मेसिनको अगाडिको भागले टाउकोमा थिच्दा घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
जेसीबी बुद्धशान्ति गाउँपालिका–२ का कुमार भट्टराईको हो भने जेसीबी चालक फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राजवंशीको शव परीणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












