रुकुम पूर्वमा जिल्ला अस्पताल बन्ने
रुकुम ।
रुकुम (पूर्व) मा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए ।
छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा अस्पताल बनाइने भएको छ । त्यसका लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाले उपलब्ध गाइदिने निर्णय गरिसकेको छ ।
स्वास्थ्यचौकीको नाममा रहेको १४ रोपनी र गाउँपालिकाले दिने २१ रोपनी गरी कुल ३५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने छ । सङ्घीय मन्त्रिपरिषद्ले गरेको निर्णय आवश्यक कार्यान्वयनका लागि प्रदेश नं– ५ को सामाजिक विकास मन्त्रालयमा पनि पठाइसकिएको छ । सामाजिक विकास मन्त्रालयले पनि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
प्रदेशसभा सदस्य तेजबहादुर ओलीले ५० श्ययाको अस्पताल स्थापनाको तयारी अन्तिमचरणमा पुगेको बताउनुभयो । सङ्घीय र प्रदेश सरकारको संयुक्त पहल, लगानी र निर्णयमा अस्पताल बन्न लागेको उहाँको भनाइ छ । सङ्घीय सरकारको निर्णय प्रदेश सरकारसम्म पुगेकाले थप काम प्रदेश सरकारबाट हुने सदस्य ओलीको भनाइ छ ।
“सङ्घीय सरकारबाट पनि अस्पताल स्थापनाका लागि निर्णय आएको छ”, उनले भने, “प्रदेश सरकारले पनि अस्पताल स्थापनाको अन्तिम तयारी गरिरहेको छ ।” सङ्घ र प्रदेश सरकारको पहलमा जिल्लामा अस्पताल स्थापनाका लागि आवश्यक कामकाज लगत्तै शुरु हुने भनाइ उनको छ ।
निरन्तरको प्रयासपछि जिल्ला अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढेको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताए । “छुट्टै जिल्ला बन्ने बित्तिकै जिल्ला अस्पताल पनि स्थापना हुनुपथ्र्यो”, उनले भने, “त्यसो हुन नसकेपछि पटकपटक अनुरोध, जिल्लावासीको ‘डेलिगेसन’, सांसदको ध्यानाकर्षणले सरकारले जिल्ला अस्पताल बनाउने निर्णय अघि बढायो ।” जिल्लामा अस्पताल स्थापनापछि जिल्लावासीलाई सुविधा पुग्ने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












