रुकुम पूर्वमा जिल्ला अस्पताल बन्ने
रुकुम ।
रुकुम (पूर्व) मा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए ।
छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा अस्पताल बनाइने भएको छ । त्यसका लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाले उपलब्ध गाइदिने निर्णय गरिसकेको छ ।
स्वास्थ्यचौकीको नाममा रहेको १४ रोपनी र गाउँपालिकाले दिने २१ रोपनी गरी कुल ३५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने छ । सङ्घीय मन्त्रिपरिषद्ले गरेको निर्णय आवश्यक कार्यान्वयनका लागि प्रदेश नं– ५ को सामाजिक विकास मन्त्रालयमा पनि पठाइसकिएको छ । सामाजिक विकास मन्त्रालयले पनि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
प्रदेशसभा सदस्य तेजबहादुर ओलीले ५० श्ययाको अस्पताल स्थापनाको तयारी अन्तिमचरणमा पुगेको बताउनुभयो । सङ्घीय र प्रदेश सरकारको संयुक्त पहल, लगानी र निर्णयमा अस्पताल बन्न लागेको उहाँको भनाइ छ । सङ्घीय सरकारको निर्णय प्रदेश सरकारसम्म पुगेकाले थप काम प्रदेश सरकारबाट हुने सदस्य ओलीको भनाइ छ ।
“सङ्घीय सरकारबाट पनि अस्पताल स्थापनाका लागि निर्णय आएको छ”, उनले भने, “प्रदेश सरकारले पनि अस्पताल स्थापनाको अन्तिम तयारी गरिरहेको छ ।” सङ्घ र प्रदेश सरकारको पहलमा जिल्लामा अस्पताल स्थापनाका लागि आवश्यक कामकाज लगत्तै शुरु हुने भनाइ उनको छ ।
निरन्तरको प्रयासपछि जिल्ला अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढेको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताए । “छुट्टै जिल्ला बन्ने बित्तिकै जिल्ला अस्पताल पनि स्थापना हुनुपथ्र्यो”, उनले भने, “त्यसो हुन नसकेपछि पटकपटक अनुरोध, जिल्लावासीको ‘डेलिगेसन’, सांसदको ध्यानाकर्षणले सरकारले जिल्ला अस्पताल बनाउने निर्णय अघि बढायो ।” जिल्लामा अस्पताल स्थापनापछि जिल्लावासीलाई सुविधा पुग्ने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












