घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता
काठमाडौं ।
आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ ।
विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहनी पुगिसकेका छन् ।
मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली परिचालन समेत गरेको छ ।
साथै उनीहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नेछन् । हालसम्म हावाहुरीका कारण २७ जनाको मृत्यु र ४०३ घाइते हुनपुगेका थिए ।
हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।
ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयबाट परिचालन भएका चिकित्सक टोली पुगिसकेको तथा स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्यपरीक्षण, औषधि वितरणको कार्य जारी रहेको छ ।
“पथलैयास्थित क्षेत्रीय औषधि भण्डारबाट ती जिल्लामा थप औषधि पुगिसकेको छ, औषधिको अभाव छैन, खानेपानी, पोषण, खाद्यान्न, सरसफाइलगायत सातवटा क्षेत्रमा अभाव रहेको छैन”, उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यतामा आज बसेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले घाइतेको उद्धार, उपचार तथा अन्य मानवीय सहयोगका लागि जनकपुर, हटौँडा र चितवनबाट थप चिकित्सकसहित स्वास्थ्यकर्मी ती क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्ति प्रभावित क्षेत्रमा पुगिसकेको मन्त्रालयले जनाएको छ ।
“थप जनशक्ति आवश्यक परेमा काठमाडौँमा तयारी अवस्थामा रहेका छन्”, प्रवक्ता श्रेष्ठले भने । घाइतेको उपचार गर्न रगत अभाव नरहेको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए ।
“स्थानीय रुपमा हावाहुरीबाट प्रभावितको उद्धार, राहत वितरण कार्यमा कार्यमा स्वयंसेवक परिचालन गरिरहेका छौँ, राहतका सामग्री वितरणकार्य जारी रहेको छ, रगतको अभाव रहेको छैन, थप रगतको आवश्यकता परेका नजिकका जिल्ला र काठमाडौँमा तयारी अवस्थामा राखेका छौ”, उनले भने ।
हाल सोसाइटीले हावाहुरीले क्षति पु-याएका पीडितलाई आवश्यकताका आधारमा तारपोलिन (त्रिपाल), टेण्ट वितरणकार्य शुरु गरेको जनाएको छ । उपचारका लागि काठमाडौँ ल्याइने घाइतेको मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । साथै प्रभावित क्षेत्रका सबै एम्बुलेन्सलाई परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
हावाहुरीले विशेषगरी वीरगञ्जदेखि पथलैया करिडोर क्षेत्रमा वढी प्रभावित पारेको थियो । प्रभावित क्षेत्रमा नेपाली सेनाले २८ नं बाहिनीबाट स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
आवश्यक हाडजोर्नी, शल्यचिकित्सक, जनरल उपचारसहितका तीनवटा समूह परिचालन गरिएको सहायक रथी अरुणकुमार न्यौपानेले जानकारी दिए । उनले भने, “आवश्यकताका आधारमा हामी थप स्वास्थ्यकर्मी परिचालन गछौँ ।”
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












