घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता
काठमाडौं ।
आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ ।
विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहनी पुगिसकेका छन् ।
मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली परिचालन समेत गरेको छ ।
साथै उनीहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नेछन् । हालसम्म हावाहुरीका कारण २७ जनाको मृत्यु र ४०३ घाइते हुनपुगेका थिए ।
हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।
ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयबाट परिचालन भएका चिकित्सक टोली पुगिसकेको तथा स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्यपरीक्षण, औषधि वितरणको कार्य जारी रहेको छ ।
“पथलैयास्थित क्षेत्रीय औषधि भण्डारबाट ती जिल्लामा थप औषधि पुगिसकेको छ, औषधिको अभाव छैन, खानेपानी, पोषण, खाद्यान्न, सरसफाइलगायत सातवटा क्षेत्रमा अभाव रहेको छैन”, उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यतामा आज बसेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले घाइतेको उद्धार, उपचार तथा अन्य मानवीय सहयोगका लागि जनकपुर, हटौँडा र चितवनबाट थप चिकित्सकसहित स्वास्थ्यकर्मी ती क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्ति प्रभावित क्षेत्रमा पुगिसकेको मन्त्रालयले जनाएको छ ।
“थप जनशक्ति आवश्यक परेमा काठमाडौँमा तयारी अवस्थामा रहेका छन्”, प्रवक्ता श्रेष्ठले भने । घाइतेको उपचार गर्न रगत अभाव नरहेको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए ।
“स्थानीय रुपमा हावाहुरीबाट प्रभावितको उद्धार, राहत वितरण कार्यमा कार्यमा स्वयंसेवक परिचालन गरिरहेका छौँ, राहतका सामग्री वितरणकार्य जारी रहेको छ, रगतको अभाव रहेको छैन, थप रगतको आवश्यकता परेका नजिकका जिल्ला र काठमाडौँमा तयारी अवस्थामा राखेका छौ”, उनले भने ।
हाल सोसाइटीले हावाहुरीले क्षति पु-याएका पीडितलाई आवश्यकताका आधारमा तारपोलिन (त्रिपाल), टेण्ट वितरणकार्य शुरु गरेको जनाएको छ । उपचारका लागि काठमाडौँ ल्याइने घाइतेको मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । साथै प्रभावित क्षेत्रका सबै एम्बुलेन्सलाई परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
हावाहुरीले विशेषगरी वीरगञ्जदेखि पथलैया करिडोर क्षेत्रमा वढी प्रभावित पारेको थियो । प्रभावित क्षेत्रमा नेपाली सेनाले २८ नं बाहिनीबाट स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
आवश्यक हाडजोर्नी, शल्यचिकित्सक, जनरल उपचारसहितका तीनवटा समूह परिचालन गरिएको सहायक रथी अरुणकुमार न्यौपानेले जानकारी दिए । उनले भने, “आवश्यकताका आधारमा हामी थप स्वास्थ्यकर्मी परिचालन गछौँ ।”
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












