शेयर बजारमा सामान्य वृद्धि
काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार आज भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर रु ५४ करोड ५८ लाख १८ हजार ६१९ मा खरीदबिक्री भए । कारोबार भएका दश उपमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बीमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बीमा ३.८३ बिन्दुले घटेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४.६४ प्रतिशतले कमाएका छन् ।
यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २.८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।
त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८४, सिन्धु विकास बैंकका शेयरधनीले ४.९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका शेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












