यसरी बाहिरिएको थियो एसइईको प्रश्नपत्र !
काठमाडाैं । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो ।
डिआइजी शाहीका अनुसार १४ र १५ गते दुवै विषयको प्रश्नपत्र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादवले साथी दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न निकालेका थिए । यादवले चाबी चोरेर दराज खोलेको र ब्लेडले थैलो चिरेर प्रश्नपत्र निकालेको सिआइबीले जनाएको छ ।
प्रश्नपत्रको फोटो खिचेपछि त्यसलाई पूर्ववत् राखिदिएका थिए । २२ वर्षीय ब्रह्मदेव सप्तरी राजविराज नगरपालिका–१० का हुन् भने २५ वर्षीय दीपेन्द्र राजविराज नगरपालिका–६ का बासिन्दा हुन् । दुवै एकै प्रहरी कार्यालयमा कार्यरत छन् । ‘यसमा इप्रका कल्याणपुर इन्चार्ज तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता हालसम्म देखिएको छैन,’ शाहीले भने ।
साथीका लागि चोरेको प्रश्नपत्र ब्रह्मदेवकै कारण सप्तरीमा फैलिएको पाइएको छ । उनले आफ्नै दाजु २८ वर्षीय विष्णुदेव यादवलाई इमोमार्फत प्रश्नपत्र पठाएका थिए । त्यसपछि सप्तरीमा अधिकांश विद्यार्थीको हातहातमा प्रश्नपत्र पुगेको थियो भने सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो ।
सप्तरीबाटै प्रश्नपत्र बाहिरिएको आशंकामा सिआइबीले गरेको थियो । त्यसैले उसको अनुसन्धान सप्तरीमै केन्द्रित थियो । ‘हामीले एकबाट अर्को र अर्कोबाट अर्को गर्दै जरो पहिल्याएका हौँ,’ शाहीले भने, ‘सप्तरीमा पहिलोपटक प्रश्नपत्र पाउने व्यक्ति विष्णुदेव हुन् ।’
विष्णुदेवले राजविराज–१६ निवासी शिक्षक मनोज यादवलाई, मनोजले हनुमाननगर कंकालिनी नगरपालिका–१ का राजेश यादवलाई, राजेशले त्यही ठाउँका उमेश यादवलाई पठाएपछि प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो । यी ६ जनालाई नै सार्वजनिक गर्दै सिआइबीले प्रश्नपत्र एकअर्कालाई बेचेको जनाएको छ । विद्यार्थी र अभिभावकबीच पनि प्रश्नपत्र खरिदबिक्री भएको थियो ।
बाँकी विषयका प्रश्नपत्र बाहिरिएको विषयमा भने स्पष्ट जानकारी नभएको डिआइजी शाहीले बताए । कतिपय वस्तु ल्याबमा परीक्षण गर्नुपर्ने भएकाले डिजिटल फरेन्सिक ल्याबमा पठाइएको उनको भनाइ छ । ‘ल्याबबाट रिपोर्ट नआएसम्म अन्य विषय आउट भए–नभएको बताउन सक्ने अवस्था छैन,’ उनले भने ।
दीपेन्द्रको परीक्षा पनि ब्रह्मदेवले नै दिए
डिआइजी शाहीका अनुसार ब्रह्मदेवले साथीका लागि प्रश्नपत्र मात्र निकालेनन्, सिरहाको बरहथवा माध्यमिक विद्यालय विष्णुपुर पुगेर दीपेन्द्रको परीक्षासमेत दिएका थिए । प्लस टु पढेका उनले दीपेन्द्रको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको शाहीको भनाइ छ । ‘प्रवेशपत्र बनाउन प्रधानाध्यापकको छापसमेत उनले किर्ते गरेको पाइएको छ,’ उनले थपे ।
शाहीले आफू प्रहरी प्रमुख सर्वेन्द्र खनालको सन्देश लिएर सप्तरी आएको बताए । ‘प्रहरी भएकै कारण कसैलाई छुट हुँदैन भनेर उहाँले सन्देश पठाउनुभएको छ,’ उनले भने, ‘त्यो सन्देश पुर्याउन पनि म सप्तरी आएको हुँ ।’ उनले प्रहरी, शिक्षक, विद्यार्थी जोसुकै भए पनि संलग्नलाई कारबाही हुने बताए । प्रहरीलाई विभागीय र सामान्य नागरिकसरह दुवै कारबाही गरिने उनको भनाइ थियो । प्रश्नपत्र बाहिरिएको प्रकरण अनुसन्धानका क्रममा करिब ३० जनालाई पक्राउ गरिएको र अन्यलाई छाडिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












