उर्जामन्त्री पुनद्वारा हजार कित्ता सेयर किन्ने घोषणा
काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तरगत रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् ।
जनताको जलविद्युत कार्यक्रममा परेको रसुवागढी र साञ्जेन जनविद्युत कम्पनीको साधारण सेयर निष्काशनबाारे जानकारी दिन मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
मंगलबार नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।
सान्जेन जलविद्युतमा माथिल्लो साञ्जेन १४.८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।
यस्तै, रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












