माधव नेपाल सरकारको पालामा यसरी पुगेको थियो विष्णु पाैडेलको नाममा सरकारी जग्गा !
काठमाडाैं । नेकपा महासचिव बिष्णु पाैडेलले बवालुवाटारको सरकारी जग्गा आफ्नो पोल्टामा पार्न तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र भूमाफिया डा. शोभाकान्त ढकाललाई प्रयोग गरेको खुलेको छ ।
ढकाल एमाले स्वास्थ्य विभाग सदस्य समेत रहेका ढकाल नवलपरासी कावासोतिका स्थायी बासिन्दा हुन् । भने पाैडेल सोहि क्षेत्रका सांसद । अत्यन्तै राम्रो दोस्तीयारी रहेका यी दुईबीचको सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समेत नाम जोडिन पुगेको छ ।
आफूलाई आयुर्वेद डाक्टर बताउने ढकाल ०७० सालको समानुपातिक लिस्टमा सांसदको सुचीमा समेत परेका व्यक्ति हुन् । नवलपरासीका अर्का नेता घनश्याम भुसालले यसको चर्को विरोध गरेपछि त्यो सुचीबाट उनको नाम हटाइएको थियो । अझ गएको निर्वाचनमा समेत उनको नाम पश्चिम नवलपरासीबाट सिफारिस भएको थियो । अन्ततः एमाले-माओवादीको चुनावी तालमेलले गर्दा उनले टिकट पाएका थिएनन् ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएकलो बेला महासचिव पाैडेलले ढकालसँग दोस्तीयारी गर्दै सरकारी जग्गा व्यक्तिको नाममा गराउन मन्त्रीपरिषद् बाट निर्णय गराएका थिए ।
२०६७ वैशाख ३१ गतेको मन्त्रीपरिषदले निर्णय गरेर डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिन सिधै जग्गाको श्रेस्ता दाखिल-खारेज तथा दर्ता गर्न सक्ने अधिकार दिएको थिुयो । जसबेला सिपी मैनाली नेत्रत्वको नेकपा मालेका नेता डम्बर श्रेष्ठ भुमि सुधार मन्त्री थिए ।
त्यही निर्णयमा टेकेर डिल्लीबजार मालपोतले त्यसपछि पनि सरकारी, सार्वजनिक र गुठीका जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको सरकारी अधिकारीहरुले जनाउने गरेका छन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











