विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको छः गृहमन्त्री
हेटाैडा। गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका छन्।
प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्य र संविधानविरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका हुन्। ‘हाम्रो संविधान र कानुनले ध्वंसात्मक गतिविधि गर्न छुट दिएको छैन।
संविधान र कानुनले नै यस्ता गतिविधि रोक लगाएको छ। हामीले कानुनअनुसार प्रतिबन्ध गरेका हौं। ध्वंसात्मक, राज्य, कानुन र संविधान विरोधी गर्न कसैलाई छुट छैन। यसलाई प्रतिबन्धभन्दा पनि कानुनअनुसार चालिएको कदम भनेर बुझ्दा हुन्छ।’ विप्लव नेतृत्वका शीर्ष नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको उनले दाबी गरे। गृहमन्त्री थापाले राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए।
मन्त्री थापाले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्नका लागि हेटौंडमा सुरक्षा परिषद्को भेला राखिएको दाबी गरे। ‘आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न सकिँदैन। त्यसकारण हामी आन्तरिक सुरक्षा सुदृढ बनाउन केन्द्रित छौं।’ उनले संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिएको भए पनि कार्यकारी आदेशबाट उक्त समस्याको समाधान गरिएको बताए। ‘प्रहरी ऐन पारित नहुँदा केही समस्या देखिएको छ। त्यो छिट्टै हल हुन्छ। प्रदेशले संविधान अनुसार पाउनुपर्ने सबै अधिकार कानुन निर्माणसँगै पूरा हुन्छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












