विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको छः गृहमन्त्री
हेटाैडा। गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका छन्।
प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्य र संविधानविरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका हुन्। ‘हाम्रो संविधान र कानुनले ध्वंसात्मक गतिविधि गर्न छुट दिएको छैन।
संविधान र कानुनले नै यस्ता गतिविधि रोक लगाएको छ। हामीले कानुनअनुसार प्रतिबन्ध गरेका हौं। ध्वंसात्मक, राज्य, कानुन र संविधान विरोधी गर्न कसैलाई छुट छैन। यसलाई प्रतिबन्धभन्दा पनि कानुनअनुसार चालिएको कदम भनेर बुझ्दा हुन्छ।’ विप्लव नेतृत्वका शीर्ष नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको उनले दाबी गरे। गृहमन्त्री थापाले राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए।
मन्त्री थापाले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्नका लागि हेटौंडमा सुरक्षा परिषद्को भेला राखिएको दाबी गरे। ‘आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न सकिँदैन। त्यसकारण हामी आन्तरिक सुरक्षा सुदृढ बनाउन केन्द्रित छौं।’ उनले संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिएको भए पनि कार्यकारी आदेशबाट उक्त समस्याको समाधान गरिएको बताए। ‘प्रहरी ऐन पारित नहुँदा केही समस्या देखिएको छ। त्यो छिट्टै हल हुन्छ। प्रदेशले संविधान अनुसार पाउनुपर्ने सबै अधिकार कानुन निर्माणसँगै पूरा हुन्छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












